मनहरी गाउँपालिका १ नम्बर वडाको गोगनपानीमा अवस्थित नवनिर्मित खेल मैदानमा २० बर्ष मुनि उमेर समुहकाको फुटबल प्रतियोगिताको फाईनल खेल सम्पन्न भएकोछ ।
बिहिबार सम्पन्न प्रतियोगितामा वाईसी ठाडोखोला मनहरी २ ले खेल जित्दै नगद ३० हजार रुपैयाँ हात पारेकोछ । ठाडोखोलाले बिटि एफसि भुन्द्रुङ टाँडि मनहरी २ लाई ट्राईब्रेकरमा ५- ३ गोल अन्तरले पराजित गर्दै पहिलो हुन सफल भएको हो । निर्धारित समयमा बिटि एफ सि भुन्द्रुङ टाँडी संयमीत हुन नसक्दा अन्तिम समयमा गोल खान पुगेको थियो । निर्धारित समयमा ३-३ गोलको बराबरी खेलेका दुबै टोलिले खेल टाई ब्रेकरमा पुर्याईएको थियो । हारसंगै भुन्द्रुङ टाँडीले दोश्रो स्थानमा चित्त बुझाउनु परेकोछ ।
मृगौला पिडित मनहरी १ का स्थानिय प्रबिण मुक्तानलाई आयोजकद्वारा ५० हजार सहयोग उठाई हस्तान्तरण गरेकोछ । प्रतियोगितामा दोश्रो हुने टिमलाई नेकपा माओबादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य वीर बहादुर घलान ज्वालाले सहयोग गरिएको थियो भने प्रथम पुरस्कार अन्तर्गतको धन राशी मनहरी गाउँपालिका २ नम्बर वडा अध्यक्ष एबम नेकपा माओवादी केन्द्र मनहरी गाउँपालिका ईन्चार्ज राजकुमार पाख्रिनले सहयोग गरिएको हो । यस्तै गरि मुक्तानको उपचारको लागि माओबादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले आ आफ्नो तर्फबाट सकेको सहयोग उठाई पिडितलाई सहयोग गरेको थियो ।
स्थानिय दर्शकहरुको बाक्लो उपस्थिति रहेको खेलका बिजेता तथा उपबिजेता टिमले ५-५ हजार रुपैया आ- आफ्नो टिमबाट सहयोगको घोषणा गरेकोछ । यो सङ्गै आयोजकले अन्य २ जना बिरामिहरुलाई सहयोग उठाई ५-५ हजारको दरले सहयोग उठाई रकम हस्तान्तरण गरिएकोछ ।
बागमती प्रदेश सामाजिक बिकास मन्त्री माननीय कुमारी मुक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । प्रमुख अतिथी मुक्तानले बजेट बिनियोजन गर्ने गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरलाई धन्यबाद दिनुभयो । साथै खेल अबधीभर अनुशाशनमा रहेर खेल्नु निक्कैनै राम्रो पक्ष रहेको भन्दै सुन्दर भबिष्य समाज क्लबको भबिष्य उज्ज्वल रहेको पनि बताउनुभयो ।
प्रतियोगिताको बिजेता उपबिजेता टिमलाई पुरस्कार मनहरी गाउँपालिका उपाध्यक्ष एबम कार्यक्रमका विशिष्ट अतिथी मगरले बितरण गरेका थिए । साथै खेल मैदान बनेको उपलक्ष्यमा आयोजकले केक काटी खुशियली सटासाट गरेका थिए ।
१२ वटा टिम सहभागी रहेको प्रतियोगिताको फाईनल खेलमा दुबै टिमले राम्रो प्रस्तुती देखाएका थिए ।
खेल मैदानको अभावमा बाचिरहेका गोगनपानीका जनतालाई गत आर्थिक बर्षको बजेटमा उपाध्यक्ष कोषबाट ७ लाख ५० हजार रुपैयाँ नब निर्मित खेल मैदानलाई छुट्टाईएको थियो ।
खेल मैदान बनेसङ्गै आफ्ना छोरा छोरीहरुले आगन जत्रो चौरमा खेल खेल्नुपर्ने बाध्यता हटेको र कुनैपनी कार्यक्रम गर्न खुल्ला स्थलको ब्यबस्था भएको भन्दै स्थानियले उपाध्यक्ष मगरलाई धन्यबाद दिएका थिए ।