जेसीज सदस्यबीचको हाजिरीजवाफमा कार्की प्रथम

    चैनपुर जेसीज मनहरीको जेसीज सप्ताह अन्तर्गत आइतबार जेसीज सदस्यबीच हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । नयाँ सदस्यलाई जेसीजको विषयमा ज्ञान प्रदान गर्ने उद्येश्यका साथ जेसीजकै विषयमा हाजिरीजवाफको आयोजना गरिएको हो । हाजिरीजवाफमा सुरज कार्की प्रथम भएका छन् । प्रतियोगितामा सन्तोष ढकाल द्वितीय र शिवराज गिरी तृतीय भए । प्रतियोगितामा जेसीजका ८ जना सदस्यले सहभागिता जनाएका थिए ।

कार्यक्रम संयोजन सगुन सुवेदीको संयोजकत्व एवम् जेसीजका शाखा अध्यक्ष सुरेश गौतमको अध्यक्षतामा भएको कार्यक्रममा चैनपुर जेसीज मनहरीका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । जेसीजकै विषयमा हाजिरीजवाफको माध्यमबाट ज्ञान बाँड्ने उद्येश्यले आयोजित कार्यक्रम प्रभावकारी रहेको अधिकारीको भनाई थियो । प्रथम, द्वितीय र तृतीय भएकाहरुले क्रमशः नगद एक हजार ५ सय, एक हजार र ५ सय रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    यस्तै जेसीज सप्ताह अन्तर्गत आइतबार बिहान मनहरी ४ मा रहेको पशुपतिनाथ मन्दिर सरसफाइ सहित आवश्यक सामग्री सहयोग गरिएको छ । कार्यक्रम संयोजक रोशन ढकालको संयोजकत्वमा भएको कार्यक्रममा मनहरी गाउँपालिकाका कार्यपालिका सदस्य मीरा गौतमको प्रमुख आतिथ्यता रहेको थियो । ४ नम्बर वडा सदस्य समेत रहेकी गौतमले जेसीज संगको सहकार्यमा आयोजित फुटबल प्रतियोगिताले छुट्टै पहिचान बनाउन सफल रहेको भन्दै उनले आगामी दिनमा पनि यस्लाई निरन्तरता दिन पहल गर्ने बताइन् ।

मन्दिर सरसफाइका लागि गरेको सहयोगप्रति उनले धन्यवाद समेत ज्ञापन गरिन् । कार्यक्रममा जेसीजका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, निवर्तमान अध्यक्ष कृष्णप्रसाद ढकाल, मन्दिर व्यवस्थापन समिति अध्यक्ष शारदा बिडारी, सानाकिसान सहकारीका सन्चालक सदस्य सितादेवी ढकाललगायतको आतिथ्यता रहेको थियो । जेसीज सप्ताह र फुटबल प्रतियोगिताको समापन सोमबार दिउँसो हुने मूल कार्यक्रम संयोजक राजु सुवेदीले जानकारी दिए ।
,,

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.