चैनपुरको जेसीज सप्ताह;पशुपति माविलाई खेलकुद सामग्री, स्लो बाइकमा केसी प्रथम

चैनपुर जेसीज मनहरीको वर्ष सन् २०२६ को जेसीज सप्ताह अन्तर्गत मनहरी ४ मा रहेको पशुपतिनाथ माविलाई खेलकुद सामग्री हस्तान्तरण भएको छ । एक कार्यक्रमका बीच विद्यालयलाई फुटबल, भलिबल, ब्याड्मिन्टन लगायतका खेल सामग्री हस्तान्तरण गरिएको हो । विद्यार्थीलाई पढाईसँगै खेलकुदका गतिविधिमा सहयोग पुर्याउने उद्येश्यले खेल सामग्री सहयोग गरिएको बताइएको छ ।

कार्यक्रम संयोजक सरोज देवकोटाको संयोजकत्व एवम् शाखा अध्यक्ष सुरेश गौतमको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष प्रकाश थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष ईन्द्रबहादुर बिष्ट, प्रधानाध्यापक सपना लामा, पूर्व प्रधानाध्यापक भानुभक्त आचार्य, निर्माण सामग्री व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष कृष्णराम न्यौपाने, जेसीजका निवर्तमान अध्यक्ष कृष्णप्रसाद ढकाल लगायतको आतिथ्यता रहेको थियो ।

यस्तै जेसीज सप्ताहको चौथो कार्यक्रम अन्तर्गत शनिबार बिहान बिस्तारै मोटरसाइकल चलाउने प्रतियोगिता भएको छ । प्रतियोगितामा मनहरी ४ मसिनेका निमेष केसी प्रथम भएका छन् । अन्य १५ प्रतिस्पर्धीलाई अघि लगाउँदै विजेता भएका केसीले नगद ५ हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

१६ प्रतिस्पर्धीलाई ४ समूहमा विभाजन गरी समूह विजेताहरुलाई फाइनल प्रतिस्पर्धा गराइएको थियो । फाइनलमा निमेषसहित मणिराज केसी, तिर्थराज केसी र जोसन गौतमको प्रतिस्पर्धा भएको थियो । कार्यक्रम संयोजक सुरज कार्कीको संयोजकत्व एवम् शाखा अध्यक्ष गौतमको अध्यक्षतामा कार्यक्रम भएको हो ।

वडा अध्यक्ष प्रकाश थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जेसीजका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, पूर्व अध्यक्ष रविन ढकाल, मनहरी गाउँपालिका खेलकुद विकास समिति संयोजक रविन्द्र श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । २ पाङ्ग्रे सवारीको दुर्घटना बढ्दो अवस्थामा बिस्तारै मोटरसाइकल चलाएर पनि पुरस्कार र आफैंलाई जित्न सकिन्छ भन्ने सन्देश दिनका लागि कार्यक्रमको आयोजना गरिएको शाखा अध्यक्ष गौतमले बताए । जेसीज सप्ताह अन्तर्गत आइतबार २ वटा कार्यक्रम हुँदैछ । सोमबार जेसीज सप्ताह र फुटबल प्रतियोगिताको समापन हुने मूल कार्यक्रम संयोजक राजु सुवेदीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.