महेन्द्र किरणको भु.पु. बिद्यार्थी तदर्थ समिती गठन संयोजकमा स्याङ्तान

पश्चिम् मकवानपुरकै शैक्षिक धरोहरको रुपमा रहेको महेन्द्र किरण माध्यामिक बिधालय मनहरी ८ सिम्पानीले आफ्ना बिधालयबाट विभिन्न काल खण्डमा एसएलसी र एसईई पास गरि गएका बिधार्थीहरुलाई एकीकृत गर्ने प्रयास गरेकोछ । बिधालयले भुतपुर्व बिधार्थी समाज गठनको प्रक्रियालाई पहिलो पटक सार्थकता प्रदान गर्न लागेको हो ।

बिक्रम सम्बत २०१९ सालमा स्थापना महेन्द्र किरण माध्यामिक बिधालयको शाखाको रुपमा मनहरी ८ सिम्पानीमा स्थापित बिधालय पश्चिम् मकवानपुरको शैक्षिक धरोहरको रुपमा स्थापित बिधालय हो । २०३८/३९ साल देखि एसएलसी परिक्षामा बिद्यालयले बिधार्थीहरुलाई सहभागी गराईएकोमा २०८२ सालको एसईई परिक्षासम्म आईपुग्दा ४३ वटा एसएलसी/ एसईईका ब्याजी उत्पादन गरिसकेकोछ । २०६५ साल देखि १०+२ तर्फ कक्षा सन्चालन गरि पश्चिम मकवानपुरका बिधार्थीहरुको १०+ २ अध्ययनको सहज वातावरण समेत सृजना गरेको बिधालयले भुतपुर्व बिधार्थी समाजलाई पनि बिधालयको एक महत्वपूर्ण अंशको रुपमा अघि बढाउने हेतुले बिधालयको शैक्षिक स्तर सुदृढीकरणको लागि पृष्ठपोषणको मिल्ने भन्दै गठनको प्रकृयालाई अगाडि बढाईएको हो ।

तत्काललाई हिमलाल स्याङ्तान ( रामचन्द्र) को संयोजकत्वमा १३ सदस्यीय भुतपुर्व बिधार्थी समाजको तदर्थ कमिटी निर्माण गरिएको हो । सदस्यहरुमा ज्योती सुबेदी, मोहन थापा,रबिन्द्र थिङ, उमेश राई, सुमित मधिकर्मी,राजेन्द्र कुमार मुक्तान,बिकास आचार्य,आकृती गुरुङ,सुस्मिता गीरी,एनिशा मल्ल र दिवस गोपाली आदि रहेकाछन्। स्थापना कालदेखी २०५० साल सम्मको ब्याच , २०५१ देखि २०६० सम्मको एसएलसी ब्याच ,२०६० देखि २०७० सम्मको एसएससी/ एसईई ब्याच , २०७० देखि २०८० सम्मको एसईई ब्याचका भुतपुर्व बिधार्थीलाई प्रतिनिधित्व गराई महेन्द्र किरण भुतपुर्व बिद्यार्थी समाजको तदर्थ कमिटी गठन गरिएकोछ ।

मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मन्तव्य राख्नुहुदै पालिका अध्यक्ष कालाखेतीले बिधालयको शैक्षिक गुणस्तर कायम राख्नको लागि हामी सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । पालिका अध्यक्ष कालाखेतीले आफुपनी सोही बिधालयको भुतपुर्व बिधार्थी भएको र अहिले पालिकाको नेतृत्व गरिरहेको बताउदै महेन्द्र किरणका भुतपुर्व बिधार्थीले देश तथा बिदेशमा सामाजिक , राजनैतिक र प्रशासनिक क्षेत्रमा उच्च ओहोदा र पदमा रहि राष्ट्र निर्माणको कार्यमा लागि परिरहेको बताउनुभयो ।

बिधालयको बस्तुगत अवस्था र समाज गठको किन आवश्यकता पर्यो र बिधालय प्रशासन सन्चालनको लागि समाजको भुमिका लगाएतको बारेमा बिधालय प्रधानाध्यापक कबिता थिङले थप स्पष्टता पार्नुभएको थियो ।

बिधालय ब्यबस्थापन समिती अध्यक्ष तथा मनहरी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष नारायण उप्रेतीको अध्यक्षतामा सम्पन्न
कार्यक्रममा सो बिधालयबाट एसएलसी/ एसईई उत्रिण गरि सरकारी तथा गैर सरकारी क्षेत्रमा उच्च ओहोदामा पुग्न सफल भुतपुर्व बिधार्थीहरुलाई सम्मान पत्र मार्फत सम्मान समेत गरिएको थियो । कार्यक्रममा जनप्रतिनिधि , विभिन्न राजनैतिक दलका प्रतिनिधि , भुतपुर्व बिधार्थी लगाएतकाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.