जनतालाई यातायातमा सहज होस भन्दै बाटो सफाई गर्न फिल्डमा पुगेका राक्सिराङ्ग ६ नम्बर वडा अध्यक्ष अक्कल बहादुर मोक्तान चढ्ने बाईक अज्ञात समूहद्वारा झोलुङ्गे पुलबाट खसाली फरार भएकाछन्।
आईतबार साँझ ८ बजेको समयमा राक्सिराङ्ग ६ धुसाराङ्गको सिमलघाटबाट झोलुङ्गेपुल हुँदै र चितवन १ नम्बरको जौराङ्ग बैध्यपानी जोड्ने बाटो सफा गरै आउने क्रममा धुसाराङ्ग टोल सिमलघाटको झोलुङ्गे पुल नजिकै राखेको सरकारी नम्बर प्लेट बा. प्रदेश ०३-००१ ब ४९० नम्बरको १२५ सिसिको टिभिएस बाईक ४/५ जनाको अज्ञात समूहले बोकि नजिकै रहेको झोलुङ्गे पुल माथीबाट खोलामा फ्यालिदिएको अवस्थामा भएटिएको वडा अध्यक्ष मोक्तानले जानकारी दिनुभयो ।
अध्यक्ष मोक्तानले थप्दै भन्नुभयो बाटो अफ्ठेरो थियो बाईक राखेको ठाउँ देखि २०० मिटर टाढाको बाटो सफाई गरि बाईक भएको ठाउँमा फर्कने क्रममा खोजी निधि गर्दा बाईक राखेको ठाउँमा नभएपछी झोलुङ्गे पुल तिर आउने क्रममा अज्ञात समूह भाग्ने क्रममा दुई जोर चप्पल छोडेर भागेको र अज्ञात भनिएका समूहका सदस्यले लगाउने चप्पलको आधारमा आपराधिक कार्यमा संलग्नहरुको चाडै पहिचान खुल्ने बताउनुभयो ।
चाडबाडमा स्थानिय जनतालाई सुबिधा पुर्याउन अहोरात्र खट्ने जनप्रतिनिधिको साधन माथी क्षती पुर्याउने जो कोहिलाई पनि उन्मुक्ती मिल्न नहुने स्थानिय दिपेश थिङले बताउनुभयो । बाईक खोज्दै आएका वडा अध्यक्ष सहित ७/८ जनाको टोलिले बाईक बोकेर बाटोमा निकालेका थिए । अध्यक्ष मोक्तान चढ्दै आएको बाईक पुर्ण रुपमा क्षती भएकोछ । जनताको काममा सदैब तल्लिन जनप्रतिनिधिको रुपमा परिचित मोक्तान सोमबार जनताकै कामको लागि भन्दै अटो चढी वडाको सम्पर्क कार्यालयमा पुग्नुभएकोछ ।
बिगतमा आफुलाई जन्म दिने आमाको देहावसान भई काजकिरिया चल्दा चल्दै पनि जनताको काम र जनतालाई सेवा प्रदान गर्न सेतो बस्त्रमै खटिएका र जनताकै कामको शिलशिलामा बाटोमै अस्वस्थ भई हस्पिटल पुर्याई उपचार गर्नुपर्ने बिगदका दिनलाई हेर्दा साच्चिकै उनी जनता प्रती बफादार रहेको पुष्टि भैसकेकोछ ।
अज्ञात समूहले किन र के का लागि यस्ता हर्कत देखाए भन्ने कुरा अझै अज्ञात अवस्थामै रहेकोछ भने उक्त घटनाको छानबिनको लागि प्रहरीमा उजुरी दिईएको समेत अध्यक्ष मोक्तानले जानकारी दिनुभयो ।
https://shorturl.fm/hhcoZ
https://shorturl.fm/zEdOX