कारागारका कैदीलाई दशै मान्न खाद्यान्न सहित खसी लिएर पालिका टोलि भिमफेदी पुगे

मनहरी गाउँपालिकाले विभिन्न समयमा विभिन्न प्रकारका सजाय भोग्दै आएका आफ्ना पालिका भित्रका कैदी बन्दीलाई दशै मनाउन भन्दै आईतबार भिमफेदी कारागारमा पुगी सामाग्री हस्तान्तरण गरिएकोछ ।

सामाग्री हस्तान्तरण कार्यक्रममा मनहरी गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरु गाउँपालिका अध्यक्ष रन्जन कालाखेती , उपाध्यक्ष सीता पुलामी मगर , वडा अध्यक्षहरु शिव प्रसाद खनाल, राजकुमार पाख्रिन, अनन्त प्रकाश अर्याल,युवराज थपलिया , ठाकुर राम तितुङ लगाएतकाको उपस्थिती रहेको थियो ।

गाउँपालिकाले कारागारमा रहेकाहरुलाई २ वटा खसी , चामल, चिउरा , तेल र कारागारलाई १ सेट प्रीन्टर समेत कारागार प्रशासनलाई हस्तान्तरण गरिएको हो ।

यस्तै गरी मनहरी क्षेत्रमा रहेका सामुदायिक बन उपभोक्ता समुहहरु डिपाड साबउस, मनकामना साबउस,पशुपति साबउस, सुनाचुरी साबउस लगाएत अन्य समुहहरुले पनि भिमफेदी कारागारमा रहेका मनहरी गाउँपालिका भित्रका कैदी जीवन ब्यतित गर्दै आईरहेकाहरुलाई दशै मान्नकालागी भन्दै दुई वटा खसी कारागार प्रशासनलाई हस्तान्तरण गरिएको हो ।

यस्तै मनहरी गाउँपालिकाले ईलाका प्रहरी कार्यालय मनहरी, शशस्त्र प्रहरी बल लच्का सुरक्षा पोष्ट लच्का र पदमपोखरी सेक्टरलाई १/१ वटा खसी हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिनुभयो । बर्ष दिनको चाडमा सबैले हासी खुशी मनाउन पाउनुपर्ने भन्दै पालिकाले सबै पक्षको अभिभावकत्व लिने बताउनुभयो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.