वन मन्त्री केसीद्वारा डिभिजन वन कार्यालय राप्तिको भवन शिलान्यास,एक बर्ष भित्र सम्पन्न हुने

 

मनहरी , मकवानपुर -कोठाको अभाव र साँघुरो कार्य कक्षबाट प्रशासनिक कार्य सम्पादन गर्दै आईरहेको राप्ती डिभिजन वन कार्यालयको प्रशासनिक भवनको बुधबार शिलान्यास भएकोछ । बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भरत बहादुर के सीले शिलान्यास गर्नुभएको हो ।

१४ वटा कोठा रहने २ तला आधा भवनको शिलान्यास गर्न मन्त्री केसि बिहानै मनहरी आईपुग्नुभएको थियो । एक करोड ७५ लाख १३ हजार र सात सय सात रुपैयाँ चौरानब्बे पैसा ( भ्याट र प्रोभिजनल सम्म सहित ) श्री निध्यान सेवा जेभी हेटौंडा – ११, मकवानपुरले ठेक्का आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

नेपाल सरकार (मन्त्री परिषद्) को मिति २०७५/३/३२ को निर्णय अनुसारको स्वीकृत संगठन संरचना बमोजिम मकवानपुर जिल्लामा डिभिजन वन कार्यालय, मकवानपुर र डिभिजन वन कार्यालय राप्ती, मनहरी गरी २ वटा डिभिजन वन कार्यालय पुर्नसंरचना गरिएको थियो । जिल्ला वन कार्यालय मकवानपुर २०७५।८।२६ गते दुई वटा डिभिजन वन कार्यालयमा विभाजित भएको थियो ।
मनहरीमा बि .स.२०७५ सालमा सव डिभिजनहरु मनहरी , राक्सिराङ्ग , कैलाश , थाहा, इन्द्रसरोवर, भिम्फेदिको ४ वटा वडा र हेटौंडा उपमहानगरपालिका को १ , ११ , १९ नम्बर वडा हेर्ने गरि स्थापना भएको थियो ।

निर्माण कम्पनीले सम्झौता भएको मितिले १ बर्ष भित्र निर्माण कार्य सम्पन्न गरिसक्नुपर्नेछ । डिभिजन वन कार्यालय राप्ती मनहरीले प्रशासनिक भवन निर्माणको लागि आर्थिक बर्ष २०८१/०८२ मै बजेट बिनियोजन गरि प्रकृया अगाडि बढाईएको थियो । अर्थात मिति २०८३/ ३/१५ गते निर्माण कम्पनीले निर्माण कार्य सम्पन्न गर्नुपर्नेछ ।


बुधबार बिहान भएको भवन शिलान्यासमा १०५ बर्षिय पुजारी प्रजापती सुबेदीले विधिशास्त्र अनुसार पाठपुजा गर्नुभएको थियो । भवन निर्माण पस्चात सहज रुपमा सेवा प्रवाह गर्न र कार्य सम्पादनमा थप टेवा पुग्ने डिभिजन वन कार्यालय राप्ती मनहरीका डिभिजनल वन अधिकृत हेम बहादुर थापाले बिश्वास ब्यक्त गर्नुभयो । शिलान्यास कार्यक्रम वन मन्त्री केसिसहित वन तथा वातावरण मन्त्रालयका सचिव डा . केदार बराल ,डिभिजन वन कार्यालय राप्तीका प्रमुख, बिभाग प्रमुख , सब डिभिजन कार्यालयहरुका प्रमुखहरु , फेकोफन मनहरीका अध्यक्ष आदिको उपस्थिती रहेको थियो । निर्माण कम्पनिले डिभिजन वन कार्यालय राप्तीसङ्ग मिति २०८२/०३/१६ गते सम्झौतामा हस्ताक्षर गरेको थियो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.