राक्सिराङ्गका चेपाङ बस्तिमा शौचालय सहित खानेपानी धारा , पालिका अध्यक्षद्वारा अनुगमन

राक्सिराङ्ग गाउँपालिकाको चेपाङ बस्तिमा शौचालय सहितको खानेपानी धारा निर्माण सम्पन्न भएकोछ । राक्सिराङ्ग गाउँपालिकाको वडा नम्बर २,३ र ५ को आँपबारी, लावती -औले – कोलान्ती र थाडे टोलमा एक सय ११ वटा ब्यबस्थित धारा र शौचालय निर्माण कार्य सम्पन्न भएको हो ।

नेपाल ग्रामीण पुनर्निर्माण संस्था (RRN) द्वारा welt hunger hilfe(WHH) को आर्थिक सहयोगमा खानेपानी सरसफाई तथा स्वच्छता प्रणालीको सुदृढीकरण तथा व्यवहार परिबर्तन योजना सन्चालन गरिएको थियो । योजनाको तर्फबाट ५६ लाख ३ हजार ३ सय ८४ रुपैयाँ र पालिका र वडा सरकारको तर्फबाट १४ लाख १७ हजार ८ सय ५६ रुपैयाँ गरि कुल ७३ लाख २१ हजार २ सय ३२ रुपैयाँको लागतमा १ सय ११ वटा प्रयोगमैत्री धारा निर्माण गरिएको हो ।धारा सङ्गै ५ वटा ईनटेक ट्यान्कि ,२ वटा आरभिटी र एक ओटा बिपिटी निर्माण गरिएकोछ ।

साथै योजनाले तीन वटा वडाका टोलमा गरि कुल १२ हजार ६ सय ८० मिटर पाईप लाईन निर्माण गरिएकोछ । खानेपानीलाई ब्यबस्थित गर्नको लागि मिटरको जडान समेत गरिएकोछ । त्यसको साथ साथै धारा बनेको घरमा अनिवार्य रुपमा ट्वाईलेट बनाउनुपर्ने अवधारणा समेत अगाडि सारिएकोछ भने योजना सम्पन्न पश्चात् सदिऔ देखि पानीको अभाव र सरसफाई युक्त टोल निर्माणमा निक्कै टेवा पुगेकोछ ।

योजना सम्पन्न पश्चातको अवस्थाको अनुगमनका लागि पालिका अध्यक्ष सहितको टिमद्वारा जेष्ठ ३१ गते शनिबार अनुगमन समेत भएकोछ । जनताको घर घरमै पुगि स्थानियहरुको खानेपानी र सरसफाई युक्त टोल बनेपछी स्थानियहरुको राय बुझ्न र पालिका सरकारबाट स्थानियले लिएको अपेक्षा बुझ्न पुगेका अध्यक्ष राज कुमार मल्लले मेहेनती र ईमान्दार किसानलाई पालिकाले लगानी गर्ने भन्दै खानेपानीको सहि सदुपयोग गर्न र मेहेनती किसानको रुपमा अगाडि आउन स्थानिय बासिन्दाहरुलाई आग्रह गर्नुभयो ।छोटो समयमै अत्यावसेक स्थानहरुमा पालिकाले खानेपानीको श्रोत सुनिस्चित गर्दै जनतालाई पानी खुवाउन सकेको भन्दै अब खानेपानीको ब्यबस्था सङ्गसङ्गै हाम्रो सरसफाईमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

योजनाबाट वडा नम्बर २ को आँपबारी टोलमा २५ वटा धारा, वडा नम्बर ३ को लावती-औले-कोलान्ती टोलमा ६८ वटा र राक्सिराङ्ग ५ नम्बर वडाको थाडेमा १८ वटा धारा निर्माण सम्पन्न भई स्थानियले खानेपानी उपभोग गर्दै आईरहेकोछ । पानीको महत्व बुझेका स्थानिय समुदायले दीर्घकालीन रुपमा पानीलाई उपभोग गर्नको लागि मर्मत सम्हार कोष स्थापना गरि केही रकम जम्मा समेत गरिसकेकाछन् भने केहि टोलले कोष खडा गरि केही रकम जम्मा गर्ने तरखरमा रहेकोछ ।

अनुगमनको क्रममा गाउँपालिका अध्यक्ष मल्ल सहित राक्सिराङ्ग गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेत, वडा नम्बर २ का अध्यक्ष बुद्ध राम मुक्तान, वडा नम्बर ३ का वडा अध्यक्ष उत्तम वाईबा, वडा नम्बर ५ का अध्यक्ष हरि बहादुर प्रजा, योजनाका कार्यक्रम ब्यबस्थापक निराजन पोखरेल , संस्थाका जिल्ला कार्यक्रम संयोजक लिल कार्की लगाएत योजनाका अध्यक्षहरुको उपस्थिती रहेको थियो।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.