मानिसमा भएको एक्लोपनाको सारथी प्रकृति र चराचुरुङ्गी बन्न सक्छ

मानिस प्रकृतिकै सर्बश्रेस्ठ प्राणी हो । तर पनि प्रकृतिमा अस्तित्वमा रहेका अन्य प्राणी या पक्षसँग टाढा रहने हो भने उ कहिल्यै पनि खुशी रहन सक्दैन ।
नेपाली समाजमा मानिस र चराचुरुङ्गी बीचको सम्बन्ध परापुर्ब काल देखिनै रहिआएको पाईन्छ । धर्मिक मुल्य र मान्यता एबम मनोरञ्जनको लागि चराचुरुङ्गी प्रयोग भएको पाइन्छ । सुगा, मैना, परेवा , चखेवा, सारौ,आदि मानिससङ्ग प्रत्यक्ष घुलमिल भई जिबन ब्यतित गर्दै आएको पाइन्छ।

पछिल्लो समयमा मानव जीवन शैली , जिउने तरिका फरक फरक रहेको छ। जीवन लक्ष्यको सफलता प्रप्तिको लागि चलिरहने भागदौडको रफ्तार आफ्नो आफ्नै छ। यहि भागदौडको बीचमा आफुलाई रेफ्रेश्मेन्ट दिलाउन या मनोरञ्जन प्रधान गर्न प्रकृतिसङ्ग रमाउन थोरै समय भएपनि छुट्टाउन आवश्यक छ ।

विगत लामो समयदेखि यस क्षेत्रमा कार्य गर्दै आउनुभएका चराविज्ञ डा. हेम सागर बराल भन्नुहुन्छ – “मानिसलाई चरा चाहिन्छ, चराले हाम्रो ज्यान पनि बचाउँछ।” चराका लागि नेपाल विश्वप्रसिद्ध छ। नेपालमा करिब ९०० प्रजातिका चराहरू पाइन्छन्। चराअवलोकन तथा प्रकृतिसँगको लगाव मानिसहरूमा दिनप्रतिदिन बढ्दो क्रममा छ।

हरियाली वन, खोलाको छङछङ आवाज, र चराचुरुङ्गीहरूको चिरबिर आवाजले मनलाई शान्ति दिन्छ। बिहानै चर्को घाम नलाग्दै घाँसेमैदानमा बास बसेका चराहरूको गुञ्जनले दिनको सुरुवात नै सकारात्मक बनाउन सक्छ। प्रकृतिको काखमा समय बिताउँदा मानिसले आफूलाई पृथ्वीको एक अङ्गजस्तो महसुस गर्छ, जसले एक्लोपनाको भावनालाई कम गर्छ।
चराचुरुङ्गीहरूलाई नियाल्दा र सुन्दा मानिसको ध्यान त्यसमा केन्द्रित हुन्छ, जसले चिन्ता र निराशालाई कम गर्छ। उनीहरूको स्वतन्त्रता, गुँड बनाउने सीप, र सानो जीवनमा भएका ठूलो संघर्षहरूबाट हामीले धेरै कुरा सिक्न सक्छौं। चराचुरुङ्गीहरू आत्मीय मित्रजस्तै हुन्छन्—उनीहरूले केही नबोली पनि मनको भावना बुझ्न सक्ने जादु राख्छन्।

विशेष गरी प्राकृतिक वातावरणमा चराहरू नियाल्दा मानसिक शान्ति प्राप्त हुन्छ, जसले एकाग्रता, सहनशीलता र समर्पण जस्ता गुणहरू विकास गर्न सहयोग गर्छ। साथै, चराअवलोकन गर्दा मानिसलाई खुला वातावरणमा हिंडडुल गर्नुपर्ने भएकाले शारीरिक व्यायाम पनि हुन्छ, जुन स्वास्थ्यका लागि लाभदायक हुन्छ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.