भिमानका जनतालाई पानी खुवाउदै मनहरी २ का अध्यक्ष पाख्रीन

मनहरी गाउँपालिकाकै बिकट स्थान मध्य एक हो मनहरी गाउँपालिका २ नम्बर वडाको भिमान बस्ती ।

जनयुद्ध ताकाकै एतिहासिक स्थलको रुपमा परिचित भिमान  चुरे क्षेत्रको सबै भन्दा भित्री क्षेत्रमा रहेकोछ भने बस्तिले मधेस प्रदेशको पर्सा जिल्लाको सिमाना छुने मनहरी गाउँपालिकाकै एक मात्र वडाको रुपमा रहेको बिकट गाउँले चिनिन्छ ।  बेला बेलामा भिमानको स्थानिय बासिन्दालाई पिउने पानीको अभाव भन्दै समाचार आउँदै गर्दा कहिले वडा अध्यक्ष त कहिले पालिकाको समन्वयमा पानी खुवाउदै आईरहेको अवस्थामा त्यहाँका जनतासामु गरेको प्रतिबद्धता अनुरुप चालू आर्थिक बर्ष २०८१/०८२ मा वडाले वडाबाटै भिमान खानेपानी शीर्षकमा ५ लाख बिनियोजन गरि अगाडि बढ्नु भएको थियो ।

भौगोलिक अवस्था निक्कै बिकट रहेकोले बस्ती छेउसम्म पानी ल्याउने प्रयास रहेको वडा अध्यक्ष पाख्रीनले बताउनुभयो । वडा अध्यक्ष आफै फिल्डमा पुगेर पानीघाटको पानीको मुहान अनुगमन गरि पानी समेत पिउनुभएको थियो । पहिलो चरणमा पानी सन्कलनको लागि पानी रिजर्भ ट्यान्कि निर्माण गरि मोटरको प्रयोग गरि बस्तीमा पानी ल्याईने उनको भनाईछ । पुर्ब पश्चिम राजमार्गबाट १२ किलोमिटर दुरिमा अवस्थित भिमान भैगोलिक रुपले बिकट भएता पनि भिमान पुग्दा भने प्राकृतिक मनोरम र स्वच्छ हावापानी एबम राम्रो बालीनाली हुने भएर त्यहाका जनता उक्त स्थानबाट अन्यत्र जान खासै रुचाएकाछैन । उनिहरुको लागि बालबालिकाहरुलाई पढाउन पठाउन र पानीको समस्याले गर्दा भने उक्त स्थान छोड्नु पर्नेमा सबै गाउँलेले सोच बनाएको स्थानिय देबिलाल रुम्बाले बताउनुभयो ।

वडाको अन्य मानव बस्तीबाट सम्पर्कमा नरहेको बस्तिको रुपमा चिनिदै आईरहेको बस्तिलाई पछिल्लो समयमा बाटो र बिजुलिको सुबिधा पुगिसकेको अवस्थाछ । २२ घरधुरी रहेको उक्त क्षेत्रबाट २२ जना बिधार्थी नै वडाको एक मात्र माध्यामिक बिधालय सीता माबी भुन्द्रुङ्ग टाडीमा पढ्न जाने गरेकाछन्।

गत मङ्गलबार कात्तिक २७ गते वडा अध्यक्ष भिमानमै पुगेर देबिलाल रुम्बाको अध्यक्षतामा ७ सदस्यीय भिमान  खानेपानी समिती  निर्माण गरि फर्कनुभएको थियो । बिजुली र बाटोको सहज उपलब्धता सङ्गै खाने पानीको उपलब्धताले भिमान बस्तिको मुहार नै फेरिने निस्चित छ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.