नारी सीप सृजनाले युवालाई तालिम सहित ब्यबसाय गर्न सहयोग गर्दै

नारी सीप सृजना केन्द्र नेपाल , ए.डब्लु.ओ. ईन्टरनेश्नल र बि.एम.जेड.को साझेदारितामा पालिकाको २२ जना युवाहरुलाई तालिम प्रदान गरिएको थियो ।

जस मध्ये सस्थाले ५ नम्बर वडामा २ जनालाई अटोबाईक रिपेरिङ , हेयर कटिङ ३ नम्बर को ४ जना र १ नम्बर वडाको सानोभाबरका १ जनाले मोबाईल रिपेयरिङ्ग तालिम सिकेकालाई उद्धयमशिलतामा जोडि रोजगार सृजना गराईदिएकोछ ।

नारी सिप सृजना केन्द्र नेपाल ए.डब्लु.ओ. ईनटरनेश्नल र बि.एम.जेड.को साझेदारीतामा मकवानपुरमा सुरक्षित स्थानागमन प्रबर्द्धन परियोजना अन्तर्गत राक्सिराङ
गाउँपालिकाको २२ जना वैदेशिक रोजगारीमा जाने सम्भावना भएका ,विदेशमा जोखिममा परेर फर्किएका तालिम लिन चाहने तर आर्थिक अवस्था कमजोर भएका २२ जना युवाहरुलाई स्थानिय स्तरमा नै रोजगारी सृजना गराउने उद्देश्यले ,कुक मोवाइल रिपेरिङ, अटो वाइक रिपेरिङ,हेयर कटिङ तालिम प्रदान गरिएको थियो ।

तालिममा सहभागी भए पश्चात परियोजनाबाट आफ्नो व्यवसाय सञ्चालन गर्न चाहनेहरु मध्ये हेयर कटिङ ४ जना, मोवाइल रिपेरिङ १ जना, अटो वाइक रिपेरिङ २ जनालाई परियोजनाले आवश्यक सहयोग समानहरु समेत गरेको थियो ।

यसै अन्तर्गत हेयर कटिङ तालिम लिने ४ जनाले शैलुन सञ्चालनमा ल्याईएकोछ ।शैलुनको उद्दघाटन कार्यक्रमको अध्यक्षता राक्सिराङ गाउँपालिका वडा नं ३ का अध्यक्ष उत्तम वाइवाले रिबन काटेर गर्नुभएको थियो ।

 

कार्यक्रममा ३ नम्बर वडा अध्यक्ष उत्तम वाईबा, नेपाली काग्रेस राक्सिराङ गाउँपालिका सभापति विरेन्द्र जिम्बा , नेपाल रेडक्रस सोसाइटीका सभापति चित्र बहादुर थिङ,नारी सीप सृजना केन्द्र नेपालको फिल्ड कोडिनेटर गीता अर्याल ,सामाजिक परिचालन विजय शाह ,महिला मुक्ती बचत सहकारी अध्यक्ष सीता सिन्तान र स्थानिय बासिहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.